दफा
समितिको काम, कर्तवर््व्य र अधिकार

४. समितिको काम, कर्तवर््व्य र अधिकारः

(१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) अस्पतालको व्यवस्थापन र संचालन गर्ने गराउने,
(ख) अस्पतालको विकास र विस्तार गरी साधन सम्पन्न र
स्वावलम्बी बनाउँदै लैजाने,
(ग) समितिको नीति, योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरी
स्वीकृत गर्ने र सोको कार्यान्वयन गर्ने, गराउने,
ज्ञ
तेस्रो संशोधनद्वारा संशोधित ।धधध।बिधअयmmष्ककष्यल।नयख।लउ

धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
(घ) अस्पतालको लागि जनशक्ति तयार पार्ने सम्बन्धमा आवश्यक
पर्ने भौतिक पूर्वाधार खडा गर्ने, गराउने,
(ङ) अस्पतालबाट प्रदान गरिने सेवाको सञ्चालन, सुधार र
विकासका लागि आवश्यक पर्ने श्रोत र साधनको पहिचान गरी
त्यस्तो श्रोत र साधन परिचालन गर्ने,
(च) अस्पतालको लागि आवश्यक प्राविधिक तथा प्रशासनिक
पदहरूको दरवन्दी सृजना गर्ने,
(छ) अस्पतालले प्रदान गर्ने सेवाको शुल्क निर्धारण गर्ने,
(ज) निशुल्क तथा सःशुल्क शैयाहरूको संख्या र त्यसको शुल्कको
दर निर्धारण गर्ने,
(झ) अस्पतालबाट उपलब्ध हुने सेवालाई प्रभावकारी बनाउन र
अस्पतालको उद्देश्य प्राप्तिका लागि आवश्यक पर्ने अन्य कार्य
गर्ने,
(२) समितिले क्षेत्रीय, अञ्चल तथा जिल्लास्तरमा अस्पतालहरू विस्तार गरी
स्वास्थ्य सेवा उपलब्ध गराउने छ ।
तर त्यस्ता अस्पतालहरू स्थापना नहुञ्जेलसम्मका लागि समितिले हाल कायम
रहेका क्षेत्रीय, अञ्चल वा जिल्ला अस्पतालहरू बाटै स्वास्थ्य सेवा उपलब्ध हुने गरी
आवश्यक व्यवस्था मिलाउनेछ ।
(३) समितिले श्रोत, साधन र क्षमताले भ्याएसम्म सर्वसाधारणलाई पनि
स्वास्थ्योपचार सेवा उपलब्ध गराउन सक्नेछ ।